आगामी तीन दिनको मौसम पूर्वानुमान कस्तो छ ?

४ असार,  काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ तथा पश्चिमि भू-भाग नजिक मनसुनी न्युन चापिय रेखा रहेको जानकारी दिएको छ ।

महाशाखाले हाल मौसमको अवस्था देशभर आंशिकदेखि सामान्य बदली रही बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा हलका वर्षा भईरहेको जनाएको छ ।

त्यस्तै महाशाखाले आगामी २४ घण्टा देशका अधिकांश स्थानहरुमा  हल्का देखि मध्यम वर्षाका साथै प्रदेश १, बागमाती प्रदेश र सुदुर पश्चिम प्रदेशको एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित भारि वर्षा हुने सम्भावना रहेकोले उक्त प्रदेशहरुको पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध गरेको छ ।
 
आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ असार ४  गते (शुक्रबार)

दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा  हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती प्रदेश र प्रदेश १ का एक वा दुई स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना छ ।
राती: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।सुदुर पश्चिम प्रदशका एक वा दुई स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना छ ।

२०७८ असार ५  गते (शनिबार)

दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरे स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदशका  एक वा दुई स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित  भारी वर्षाको सम्भावना छ ।
राती: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरे स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र बागमती प्रदेशका  थोरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित  भारी वर्षाको सम्भावना छ ।

२०७८ असार ६  गते (आईतबार)

दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरे स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र र बागमती प्रदेशका  केहि स्थानहरूमा भारी वर्षा र एक वा दुई स्थानहरुमा धेरै भारीवर्षा को सम्भावना छ ।
राती: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरे स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका  केहि स्थानहरूमा भारी वर्षा र एक वा दुई स्थानहरुमा धेरै भारीवर्षा को सम्भावना छ ।