नेपालमा कोरोनाबाट २४ घण्टामा ३९ जनाको मृत्यु, २६०७ संक्रमित

३ असार,  काठमाडौँ । नेपालमा थप २२६०७ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल १७६८ र एन्टीजेन परिक्षणबाट ८३९ गरि कुल २६०७ जना संक्रमित थपिएको जानकारी दिएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा २ हजार १४१ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ८८.६ रहेको मन्त्रालयले जनाएको छ ।

देशभर अहिले ४८७ जना क्वारेन्टाइनमा छन् भने पछिल्लो २४ घण्टामा ७ हजार ७११ पिसिआर  र ४७७३ नमुना एन्टीजेन परिक्षण भएको मन्त्रालयले जानकारी दिएको छ । 

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ६१ हजार ७२५ पुगेका छन् ।

त्यस्तै अहिले देशभर संस्थागत आइसोलेसनमा ४ हजार १९४ जना रहेका छन् भने होम आइसोलेसनमा ५७ हजार ५३१ रहेका छन् ।

त्यस्तै अहिले नेपालमा ९१६ जना कोरोना संक्रमित आइसीयुमा उपचारत रहेका मध्ये २४९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

पछिल्लो २४ घण्टामा ३९ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८५९७ पुगेको छ ।