उपमेयरसहित १४ वडा अध्यक्षद्वारा काठमाडौं महानगरको परिषद् बैठक बहिस्कार
३ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीसहित १४ वडाध्यक्षले महानगरपालिकाको परिषद् बैठक बहिस्कार गरेका छन् ।
उपमेयर खड्गीले मेयर विद्यासुन्दर शाक्यले नियम अनुसार नीति तथा कार्यक्रम नल्याएको आरोप लगाउदै आफुहरुले परिषद बहिष्कार गरेको खरीबोटलाई जानकारी गराएकी छन् ।
उनले आफ्ना कुराहरु नीति तथा कार्यक्रममा समावेश नगरिएको बताउदै एकोहोरो रुपमा ल्याउन खोजेको भन्दै आफुहरु परिषद बैठकमा नजाने निष्कर्षमा पुगेको बताइन ।
खड्गीले भनिन्, ‘अहिले कोरोना महामारीको बेला महानगरले अभिभावकको भूमिका निभाउनु पर्नेमा मेयर बहुमतको आडमा अगाडी बढ्न खोजेको देखियो । हामीसँग छलफल नै नगरी कार्यक्रम बनाइयो । हामीले महानगरमा रकम भएकाले खोप खरिदको प्रस्ताव गरौँ भनेपनि अस्वीकार गरियो । महानगरबासीलाई राहत दिन हामीले करमा पनि छुट दिन प्रस्ताव गरेको भएपनि अस्वीकार गरेपछि बहिष्कार गर्न बाध्य भयौं ।’
उनले नगरपरिषद्को अघि महानगर कार्यपालिका बैठकबाट परिषद्मा लैजाने एजेन्डा तय नगरेको, नागरिकलाई प्राथमिकता दिने गरी कोभिड–१९ विरुद्धको खोपको प्रस्ताव अस्वीकार गरेको तथा बहुमतबाट जान खोजेको बताएकी छन् ।
चालु आवका लागि कामपाले रु १५ अर्ब ५० करोडको बजेट विनियोजन गरेको थियो । सोमध्ये भौतिक पूर्वाधार क्षेत्रमा रु तीन अर्ब ९५ करोड रहेको थियो । अहिलेसम्ममा पूर्वाधार क्षेत्रको २५ प्रतिशत मात्र बजेट खर्च भएको छ ।
प्रतिकृया दिनुहोस्