चीनद्वारा तीन अन्तरिक्ष यात्रीसहित स्पेस स्टेशनका लागि रकेट प्रक्षेपण
३ असार, काठमाडौँ । चीनले तीन अन्तरिक्ष यात्रीसहितको शेंझु-१२ रकेट प्रक्षेपण गरेको छ ।
चीनले पहिलो पटक आफ्नो नयाँ स्पेस स्टेसनका लागि विहिबार विहान तीन अन्तरीक्ष यात्रीसहितको रकेट लन्च गरेको हो ।
बेइजीङस्थित जिउक्वुआन सेटेलाइट लन्च सेन्टरबाट स्थानीय समय अनुसार विहिबार बिहान ९ बजेर २२ मिनेट जादा सो रकेट लन्च गरिएको थियो ।
तीन अन्तरीक्ष यात्री नी हाइशेंग, लिउ बोमिंग र ट्याग होंग्बो रहेको क्याप्सुल पृथ्वी भन्दा ३८० किलोमिटर माथि तीन महिनासम्म स्पेस स्टेसनमा रहने चिनियाँ ग्लोबल टाइम्सले उल्लेख गरेको छ ।
यस मिशनलाई चीनको अन्तरिक्षमा बढ्दो प्रभाव र क्षमता विस्तारको रुपमा हेरिएको छ ।
यस स्पेस मिशनलाई चीनको पछिल्लो पाँच बर्षको सबै भन्दा लामो र अन्तरिक्ष यात्रुसहितको मिशन भनिएको छ ।
प्रतिकृया दिनुहोस्