भारतमा कोरोनाबाट २४ घण्टामा २३३० जनाको मृत्यु, ६७ हजार संक्रमित
३ असार, काठमाडौँ । भारतमा लगातार दैनिक संक्रमण हुनेको संख्या घटिरहेको भएपनि मृत्यु हुनेको संख्या भने घटेको छैन ।
भारतीय स्वास्थ्य मन्त्रालयले दिएको अपडेट अनुसार २४ घण्टामा २ हजार ३३० जनाको मृत्यु भएको छ । त्यस्तै २४ घण्टामा ६७ हजार २०८ संक्रमित भएका छन् ।
योसँगै भारतमा अहिलेसम्म कुल मृत्यु हुनेको संख्या ३ लाख ८१ हजार ९०३ पुगेको छ । त्यस्तै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या २ करोड ९७ लाख ३१३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ६७ हजार संक्रमित भएका छन् भने १ लाख ३ हजार संक्रमण मुक्त भएका छन् ।
त्यस्तै भारतमा अहिलेसम्म २ करोड ८४ लाख ९१ हजार ६७० जना संक्रमण मुक्त भएका छन् । त्यस्तै अहिले भारतमा ८ लाख २६ हजार ७४० कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।
त्यस्तै भारतमा अहिलेसम्म कुल ३८ करोड ५२ लाख ३८ हजार २२० नमुना परिक्षण गरिएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा १९ लाख ३१ हजार २४९ नमुना परिक्षण गरिएको इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चले जानकारी दिएको छ ।
त्यस्तै भारतमा अहिलेसम्म कुल २६ करोड ५५ लाख १९ हजार २५१ जनाले कोरोनाको खोप लगाएका छन् ।
प्रतिकृया दिनुहोस्