कर बुझाउने समय थपियो
३ असार, काठमाडौँ । सरकारले व्यवसायीलाई कर बुझाउने समय थपेको छ । आन्तरिक राजस्व विभागले बुधबार एक सूचना जारी गर्दै असार २५ सम्म कर तिर्ने म्याद थपिएको जानकारी दिएको हो ।
कोरोना संक्रमणका कारण देशका धेरै जसो जिल्लामा निषेधाज्ञा रहेका ले तोकिएको समयमा कर बुझाउन नसक्ने करदातामा पर्न गएको कठिनाइलाई दृष्टिगत गरी म्याद थपिएको उल्लेख छ ।
प्रतिकृया दिनुहोस्