इटालीको स्वीट्जरल्याण्डमाथि शानदार जित, नकआउट चरणमा प्रवेश
३ असार, काठमाडौँ । युरोकप अन्तर्गत इटालीले स्वीट्जरल्याण्डमाथि शानदार जित हासिल गर्दै नकआउट चरणमा प्रवेश गरेको छ ।
गएराती सम्पन्न खेलमा इटालीले स्वीट्जरल्याण्डलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
लगातार दोस्रो जित हासिल गर्दै इटाली युरोकपको नकआउट चरणमा प्रवेश गरेको हो ।
इटालीको जितमा मानुएल लोकाटेलीले दुई गोल गरेका थिए भने किरो इमोबाइलले एक गोल गरेका थिए ।
समुह ए बाट इटालीको दुई खेलमा ६ अंक भएको छ भने वेल्सको २ खेलमा ४ अंक रहेको छ । अब यस समुहबाट वेल्स पनि नकआउटको नजिक रहेको छ । त्यस्तै स्वीट्जरल्याण्डको २ खेलमा एक अंक छ भने टर्कीले दुवै खेलमा हार बेहोरेको छ । अब स्वीट्जरल्याण्ड नकआउट चरणमा प्रवेश गर्न टर्कीमाथि जित हासिल गर्नै पर्ने दबाबमा रहेको छ ।
प्रतिकृया दिनुहोस्