मुख्यमन्त्री नेपाली राहत सामग्रीसहित मनाङ प्रस्थान

३ असार,  पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल राहत सामग्रीसहित मनाङ प्रस्थान गरेका छन् ।

औषधी, खाद्य सामग्री र टेन्ट लिएर मन्त्री राजीव गुरुङसहितको टोली मनाङ प्रस्थान गरेको हो ।

साथमा मुस्ताङका सांसद चिन्तबहादुर घले र सञ्चारकर्मी पनि रहेका छन् ।

गृहमन्त्रालयको समन्वयमा नेपाली सेनाको हेलिकोप्टरको व्यवस्थापन गरेर मुख्यमन्त्री पोखरेल मनाङमा बाढी पहिरोको अवलोकन र राहतका लागि प्रस्थान गरेको बताइएको छ ।