मिदिम खोलाको बाढीका कारण अलपत्रलाई मध्यनेपालका मेयरले गरे उद्धार

२ असार, काठमाडौं । लमजुङको मिदिम खोलामा आएको बाढीका कारण खोलापारि फसेका सर्वसाधारणलाई उद्धार गरिएको छ ।
मध्यनेपाल नगरपालिका प्रमुख रमेशकुमार पाण्डेले स्काभेटर लगाएर उद्धार गरेका हुन् ।
मिदिम खोलामा आएको बाढीका कारण ९ जना हिजो देखि अलपत्र परेका थिए । बुधवार मेयर पाण्डे लगायतले उनीहरुलाई उद्धार गरेका हुन् ।
मेयर पाण्डेका अनुसार उनीहरु खेत रोप्नका लागि हिजो खोलापारी गएका थिए । खोलो बढेपछि उनीहरु रातभर पारि नै बसेका थिए ।

प्रतिकृया दिनुहोस्