इन्द्रवती खोलामा एक जनाको शव भेटियो, अन्य ७ जना बेपत्ता

२ असार, काठमाडौं । सिन्धुपाल्चोकको इन्द्रवती गाउँपालिकास्थित इन्द्रावती खोलामा एक पुरुषको शव फेला परेको छ ।

बाढीले बगाएका एक जनाको शव इन्द्रावती -७ स्थित खोलामा फेला परेको सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जानकारी दिए ।

मृतकको सनाखत हुन सकेको छैन ।

बाढीमा परी हालसम्म ७ जना हराइरहेको सूचना आएको उनले बताए ।

एमाले पार्टी कार्यालयबाट २ जना, रोज रिसोर्टबाट २ जना र अन्य ३ जना जेष्ठ नागरिकको हेलिकप्टरमा उद्धार गरिएको उनले बताए ।

उद्धार गरिएकाहरूको अवस्था सामान्य छ ।

क्षतिको यकिन विवरण आइनसकेको सहायक प्रजिअ खनालले जानकारी दिए ।