प्रतिनिधिसभा विघटन मुद्दाका लागि तोकियो चार एमिकस क्यूरी, के हो एमिकस क्यूरी ?
२ असार, काठमाडौँ । प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनमाथिको सुनुवाइका लागि माग गरिएको चार अदालतका सहयोगी (एमिकस क्यूरी) तोकिएको छ ।
सर्वोच्चको संबैधानिक इजलासले नेपाल बार एशोसिएशन र सर्वोच्च बार एसोसिएसनबाट २-२ जना एमिकस क्यूरी माग गरिए बमोजिम दुवै बारले २-२ जना अधिवक्तालाई तोकेका हुन् ।
नेपाल बार एसोसियसनले वरिष्ठ अधिवक्ताद्वय राघवलाल वैद्य र उषा मल्ललाई एमिकस क्यूरीमा पठाउने निर्णय गरेको छ ।
त्यस्तै सर्वोच्च बार एशोसिएशनले वरिष्ठ अधिवक्ताद्वय कोमलप्रकाश घिमिरे र प्रकाशबहादुर केसीलाई अदालतका निष्पक्ष सहयोगी (एमिकस क्यूरी) पठाउने निर्णय गरेको छ ।
सर्वोच्च अदालतको संवैधानिक इजलासले गत जेठ २६ गते प्रतिनिधिसभा विघटनसम्बन्धी विवादमा नेपाल बार एशोसिएशन र सर्वोच्च बार एशोसिएशनबाट दुईदुई वरिष्ठ अधिवक्ता एमिकस क्युरीका रुपमा उपलब्ध गराउन आदेश दिएको थियो । सो मुद्दामा यही असार ९ गतेदेखि नियमित सुनुवाइ हुने तय भएको छ ।
एमिकस क्युरी के हो ?
एमिकस क्युरी भनेको अदालतले इजलासलाई सहयोग गर्न बनाउने विज्ञहरुको टिम हो । इजलासले आफुसँग रहेको रिट गम्भीर प्रकृतिको भएमा विज्ञहरुको टिम गठन गरेर सल्लाह लिन एमिकस क्युरी गठन गरेर राय लिने प्रचलन रहेको छ ।
प्रतिकृया दिनुहोस्