मेलम्ची र ईन्द्रावतीको बाढीबाट ५० भन्दा बढी बेपता, अर्बौंको क्षति
२ असार, काठमाडौँ । सिन्धुपाल्चोकको मेलम्ची र ईन्द्रावती नदीमा आएको भिषण बाढीले ५० जनाभन्दा बढी बेपत्ता भएका छन् ।
स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले बाढीले ठुलो क्षति भएको भन्दै ५० जना भन्दा बढी बेपत्ता भएको जानकारी दिएका छन् ।
बाढीले मेलम्ची खानेपानी ड्याम समाप्त गरेको, तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजार, याङ्री क्षतविक्षत बनाएको छ ।
त्यस्तै नाकोते पुल, तिम्बु पुल, फट्टे पुल, मेलम्ची पुल, बाहुनेपाटी पुल बगाएको मन्त्री तामाङले बताएका छन् ।
त्यसैगरी बाढीले नदी किनाराका सम्पूर्ण संरचना ध्वस्त बनाएर अरबौंको क्षति पुर्याएको छ ।
मन्त्री तामाङले प्राकृतिक बिपत्तिमा सबैलाई संयमता पूर्वक उद्दार र राहातमा जुटन अपिल गर्दै सरकारले आजै टेण्ट र खाद्यान्न वितरण गर्ने बताएका छन् ।
उनले खोलाको बहकाव झनझन बढिरहेकाले सप्तकोसीसम्मका बासिन्दहरुलाई सचेत र सुरक्षित रहन अपिल गरेका छन् ।
प्रतिकृया दिनुहोस्