भारतमा कोरोनाबाट २४ घण्टामा २५४२ जनाको मृत्यु, ६२ हाजर संक्रमित

२ असार,  काठमाडौँ । भारतमा लगातार दैनिक संक्रमण हुनेको संख्या घटिरहेको भएपनि मृत्यु हुनेको संख्या भने घटेको छैन ।

भारतीय स्वास्थ्य मन्त्रालयले दिएको अपडेट अनुसार २४ घण्टामा २ हजार ५४२ जनाको मृत्यु भएको छ ।  त्यस्तै २४ घण्टामा ६२ हजार २२४ संक्रमित भएका छन् । 

योसँगै भारतमा अहिलेसम्म कुल मृत्यु हुनेको संख्या ३ लाख ७९ हजार ५७३ पुगेको छ । त्यस्तै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या २ करोड ९६ लाख ३३ हजार १०५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ६२ हजार संक्रमित भएका छन् भने १ लाख ७ हजार संक्रमण मुक्त भएका छन् । 

त्यस्तै भारतमा अहिलेसम्म २ करोड ८३ लाख ८८ हजार १०० जना संक्रमण मुक्त भएका छन् । त्यस्तै अहिले भारतमा ८ लाख ६५ हजार ४३२ कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै भारतमा अहिलेसम्म कुल ३८ करोड ३३ लाख ६ हजार ९७१ नमुना परिक्षण गरिएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा १९ लाख ३० हजार ९८७ नमुना परिक्षण गरिएको इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चले जानकारी दिएको छ ।

त्यस्तै भारतमा अहिलेसम्म कुल २६ करोड १९ लाख ७२ हजार १४ जनाले कोरोनाको खोप लगाएका छन् ।