गण्डकी प्रदेश सरकारले असार ४ गते विश्वासको मत लिने

२ असार,  पोखरा । गण्डकी प्रदेश सरकारले असार ४ गते विश्वासको मत लिने भएको छ ।

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले असर ४ गते विश्वासको मत लिने सूचना संसद सचिवालयलाई दिएका हुन् ।

गत शनिबार संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका उनले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संबैधानिक व्यवस्था रहेको छ ।

गण्डकी प्रदेशमा काँग्रेसबाट कुमार खड्का, माओवादीबाट मधुमाया अधिकारी गुरुङ, जनता समाजवादीका हरिशरण आचार्य र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) पनि मन्त्री बनेका छन् । उनीहरु हाल बिना विभागीय मन्त्रीको रुपमा रहेका छन् । बजेट र मन्त्रीहरुको मन्त्रालय बिभाजनमा अन्योलता बढेपछि छिटै विश्वासको मत लिन लागेको सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिएका छन् ।

विश्वासको मत लिनु अघि नै सरकारले नीति तथा कार्यक्रम पारित गरिसकेको छ भने मंगलबार बजेट समेत संसदमा पेस गरेको छ । अव बजेटमाथिको छलफल विश्वासको मत लिएपछि मात्रै प्रारम्भ हुने बताईएको छ ।