नेपाल निवास कोटेश्वरमा देउवासँगै प्रचण्ड पनि

१ असार, काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको भेटवार्ता  गरिरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि पुगेका छन् ।

नेपाल निवास कोटेश्वरमा पुगेका देउवा र नेपालबीच छलफल चलिरहेको बेला प्रचण्ड पुगेका हुन् ।

भेटमा कांग्रेस महामन्त्री पूर्णबहादुर खड्कापनि सहभागी रहेका छन् ।