पुटिन ‘योग्य विरोधी’ नेता हुन्- बाइडेन

१ असार, काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादमिर पुटिनलाई ‘योग्य विरोधी’ को संज्ञा दिएका छन् ।

बुधबार पुटिनसँग भेटवार्ताको पूर्वसन्ध्यामा ब्रसेल्समा नाटो सम्मेलनमा बोल्दै बाइडेनले पुटिनको बारेमा टिप्पणी गर्दै उनी तेज, सख्त र योग्य विरोधी भएको बताएका हुन् ।

बाइडेनले पुटिनसँगको भेटमा दुवै देशलाई फाइदा हुने किसिमले परिणाम आउने विश्वास व्यक्त गरेका छन् ।

अमेरिका र रुसको सम्बन्ध अहिलेसम्मकै खराब अवस्थामा रहेका बेला दुवै नेताबीच स्वीट्जरल्याण्डको जेनेभामा बुधबार भेटवार्ता हुदै छ । बाइडेन अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएपछिको पुटिनसँगको भेटवार्तालाई विश्वभर चासोको रुपमा हेरिएको छ ।