को हुन् इजरायलका नयाँ प्रधानमन्त्री नेफटाली बेनेट ?

१ असार, काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू १२ बर्षपछि सत्ताबाट बाहिरिएका छन् ।

विगत १२ वर्षदेखि सत्तामा रहेका इजरायलको लिकुड पार्टीका नेता नेतन्याहूलाई संसदमा भएको मतदानमा विपक्षी गठबन्धनले पराजित गरेपछि उनको सरकारबाट बहिर्गमन भएको हो ।

आइतबार संसदमा भएको मतदानमा विपक्षमा ६० र नेतन्याहूको पक्षमा ५९ मत परेको थियो ।  

नेतन्याहूलाई हटाउन विपक्षीहरुले विचारधारात्मक मतभिन्नतालाई थाँती राखेर नयाँ गठबन्धन निर्माण गरेका थिए ।

यो गठबन्धनको एकमात्र उद्देश्य देशमा विगत १२ वर्षदेखि एकछत्र शासन गरिरहेका नेतन्याहूलाई विस्थापित गर्नु र देशमा संसदीय चुनावको सिलसिला रोक्नु रहेको थियो ।

आठ वटा दलहरुको कमजोर गठबन्धनले नेतन्याहूलाई यस पटक चुनौती दिँए । यस गठबन्धनमा यहूदी राष्ट्रवादी यामिना पार्टीदेखि अरब सांसदहरु समेत रहेका छन् । शुक्रबार गठबन्धन निर्माणका लागि दलका नेताहरुबीच अन्तिम सम्झौतामा हस्ताक्षर भएको थियो ।

उक्त सम्झौतालाई संसदको सचिवालयमा दर्ता गरिएको यामिना पार्टीले जनाएको छ । विपक्षी गठबन्धनका नेता याइर लापिडले नेता नेफटाली बेनेट प्रधानमन्त्री बनेका छन् । पूर्व रक्षामन्त्री बेनेट पहिलो दुई वर्षका लागि प्रधानमन्त्री बनेका छन् । 

गठबन्धन निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने येस अटिड पार्टीका नेता लापिड बाँकी दुई वर्ष प्रधानमन्त्री बन्ने छन् । 

नेतन्याहूको विपक्षमा निर्माण भएको गठबन्धनमा तीन वटा दक्षिणपन्थी, दुई मध्यमार्गी र दुई वटा बामपन्थी पार्टीहरुका साथै अरब इस्लामिक पार्टी समावेश छन् ।

को हुन् बेनेट ?

४९ बर्षिय नेफटाली बेनेट इजरायली संसदमा बेनेटको पार्टी सात सांसदका साथ पाँचौ स्थानमा रहेको छ । नेतन्याहू सरकारलाई हटाउन किंग मेकरको भूमिका निभाएका कारण उनी प्रधानमन्त्री बनेका छन् ।

बेनेटलाई यस अघि नेतन्याहूका बफादार मानिन्थ्यो । नेतन्याहूसँग अलग हुनुअघि बेनेट २००६ देखि २००८ सम्म इजरायलका चिफ अफ स्टाफ थिए ।

नेतन्याहूको लिकुड पार्टी छोडेपछि बेनेट दक्षिणपन्थी धार्मिक यहुदी होम पार्टीमा गएका थिए । २०१३ को आम निर्वाचनमा बेनेट इजरायली संसदमा निर्वाचित भएका थिए । २०१९ सम्म बेनेट गठबन्धन सरकारमा मन्त्री बने । २०१९ को आमनिर्वाचनमा बेनेटको दक्षिणपन्थी गठबन्धनको एक सिटमा पनि जित हासिल गर्न सकेको थिएन । ११ महिनापछि भएको निर्वाचनमा बेनेटको यामिना पार्टीको प्रमुखको रुपमा संसदमा निर्वाचित भएका थिए ।

इजरायलमा बेनेटलाई नेतन्याहूभन्दा बढी अति राष्ट्रवादी र दक्षिणपन्थी मानिन्छ । बेनेटले इजरायललाई यहुदी राष्ट्रको हिसाबले वकालत गर्ने गर्दछन् । यसका साथै उनले वेट बैंक, पूर्वी जेरुसेलम र सिरियाई गोलान हाइट्सलाई पनि यहूदीको इतिहासको हिस्सा बताउने गर्दछन् । यी इलाका १९६७ को मध्य-पूर्व युद्धपछि इजरायलको नियन्त्रणमा रहेको छ । बेनेटलाई इजरायलको वेस्ट बैकमा यहूदीलाई बसाल्ने कुराको समर्थन गर्दछन् र उनी यसकुरामा आक्रामक नेता मानिन्छन् ।

बेनेट इजरायलमा प्यालेस्टिनीमाथि कडा अक्द्म उठाउनु पर्छ भन्ने मान्यता राख्ने नेताको रुपमा चिनिन्छन् ।

बेनेट राजनीतिमा आउनुअघि सेनामा र त्यसपछि व्यापारिक पृष्ठभूमिका हुन् । इजरायली विशेष बलको दुई शाखामा सेनामा सेवा गरेका थिए । त्यसपछि उनले इजरायलमा कैयौ प्रबिधि कम्पनि बनाएर प्रशस्त पैसा कमाएको बताईन्छ ।