अर्जेन्टिना चिलीसँग बराबरीमा रोकियो

१ असार, काठमाडौँ । कोपा अमेरिका अन्तर्गत अर्जेन्टिना चिलीसँग बराबरीमा रोकिएको छ ।
मंगलबार बिहान भएको खेलमा अर्जेन्टिना र चिली १-१ गोलको बराबरीमा रोकिएका हुन् ।
अर्जेन्टिनाका लागि लियोनेल मेसीले खेलको ३३औ मिनेटमा गोल गर्दै शुरुवाती अग्रता दिलाएका भएपनि चिलीले खेलको ५७औ मिनेटमा बराबरी गोल गरेको थियो । चिलीका लागि एडुआर्ड़ो भार्गासले गोल गरेका थिए । चिलीले पाएको पेनाल्टी हानेका अर्टूरो भीडलले मिस गरेपछि बाउन्स भएर आएको बललाई भार्गासले गोल गरेका थिए ।
यो बराबरीसँगै अर्जेन्टिना र चिलीले एक एक अंक बाडेका छन् । अब अर्जेन्टिना शनिबार बिहान उरुग्वेसँग खेल्ने छ । त्यस्तै चिली भने शनिबार बिहान बोलिभियासँग खेल्ने तालिका रहेको छ ।

प्रतिकृया दिनुहोस्