भारतमा कोरोनाबाट २४ घण्टामा २७२६ जनाको मृत्यु, ६० हजार संक्रमित

१ असार, काठमाडौँ । भारतमा लगातार दैनिक संक्रमण हुनेको संख्या घटिरहेको भएपनि मृत्यु हुनेको संख्या भने घटेको छैन ।

भारतीय स्वास्थ्य मन्त्रालयले दिएको अपडेट अनुसार २४ घण्टामा २ हजार ७२६ जनाको मृत्यु भएको छ ।  त्यस्तै २४ घण्टामा ६० हजार ४७१ संक्रमित भएका छन् । 

योसँगै भारतमा अहिलेसम्म कुल मृत्यु हुनेको संख्या ३ लाख ७७ हजार ३१ पुगेको छ । त्यस्तै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या २ करोड ९५ लाख ७० हजार ८८१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ६० हजार संक्रमित भएका छन् भने १ लाख १७ हजार संक्रमण मुक्त भएका छन् । 

त्यस्तै भारतमा अहिलेसम्म २ करोड ८२ लाख ८० हजार ४७२ जना संक्रमण मुक्त भएका छन् । त्यस्तै अहिले भारतमा ९ लाख १३ हजार ३७८ कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै भारतमा अहिलेसम्म कुल ३८ करोड १३ लाख ७५ हजार ९८४ नमुना परिक्षण गरिएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा १७ लाख ५१ हजार ३५८ नमुना परिक्षण गरिएको इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चले जानकारी दिएको छ ।

त्यस्तै भारतमा अहिलेसम्म कुल २५ करोड ९० लाख ४४ हजार ७२ जनाले कोरोनाको खोप लगाएका छन् ।