मंगलबार सुनको मुल्य स्थिर
१ असार, काठमाडौं । मंगलबार सुनको मुल्य स्थिर रहेको छ भने चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य स्थिर रहदै ९३ हजार २ सयमा नै कारोबार भइरहेको छ ।
यसअघि सोमबार पनि छापावाला सुन तोलाको ९३ हजार २ सयमा नै कारोबार भएको थियो ।
त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ७ सय रहेको छ ।
त्यसैगरी आज चाँदीको मूल्य भने तोमाला १० रुपैँयाले घटेर प्रतितोला १३५५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिकृया दिनुहोस्