नेपालमा कोरोनाबाट २४ घण्टामा ५३ जनाको मृत्यु, २९१८ संक्रमित

३१ जेठ,  काठमाडौँ । नेपालमा थप २९१८ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल २०४९ र एन्टीजेन परिक्षणबाट ८६९ गरि कुल २९१८ जना संक्रमित थपिएको जानकारी दिएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा ५ हजार १४७ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ८६.८ रहेको मन्त्रालयले जनाएको छ ।

देशभर अहिले ५३१ जना क्वारेन्टाइनमा छन् भने पछिल्लो २४ घण्टामा ९ हजार ४३८ पिसिआर  र ५३८१ नमुना एन्टीजेन परिक्षण भएको मन्त्रालयले जानकारी दिएको छ । 

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ६१ हजार ५२१ पुगेका छन् ।

त्यस्तै अहिले देशभर संस्थागत आइसोलेसनमा ४ हजार ६८२ जना रहेका छन् भने होम आइसोलेसनमा ६१ हजार १२२ रहेका छन् ।

त्यस्तै अहिले नेपालमा ९९५ जना कोरोना संक्रमित आइसीयुमा उपचारत रहेका मध्ये ३२४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

पछिल्लो २४ घण्टामा ५३ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८४६५ पुगेको छ ।