बाबुरामको निर्वाचन आयोगलाई आरोप- नेकपापछि जसपालाई पनि नष्ट गर्ने प्रयास भयो
३१ जेठ, काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले निर्वाचन आयोगको निर्णय माथि टिप्पणी गर्दै जसपालाई नष्ट गर्ने प्रयास गरेको आरोप लगाएका छन् ।
सामाजिक सञ्जालमा टिप्पणी गर्दै डा. भट्टराईले निरंकुश शासकको छायामुनि टाँसिएको निर्वाचन आयोगले नेकपापछि जसपालाई पनि ‘हात्ती र हात्तीछाप चप्पल उस्तैउस्तै हो’भन्ने सिद्धान्तको प्रयोग गरेर नष्ट गर्ने प्रयास गरेको आरोप लगाएका हुन् ।
उनले भनेका छन्-
ओलीतन्त्रमा संविधान, लोकतन्त्र सँगसंगै राजनीतिक दलहरू पनि समाप्त हुने भए । निरंकुश शासकको छायामुनि टाक्सिएको निर्वाचन आयोगले नेकपापछि जसपालाई पनि ‘हात्ती र हात्तीछाप चप्पल उस्तैउस्तै हो’भन्ने सिद्धान्तको प्रयोग गरेर नष्ट गर्ने प्रयास गरेछ । प्रतिगमनको रथ त्यतिकै रोकिने छाँटकाँट छैन है !
प्रतिकृया दिनुहोस्