नेपाली राष्ट्रिय फुटबल टिम स्वदेश फिर्ता
३१ जेठ, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिम गएराती स्वदेश फर्किएको छ ।
सन् २०२२ को फिफा विश्वकप र २०२३ को एसियन कप छनौटको खेल खेल्न कुवेत पुगेको नेपाली राष्ट्रिय फुटबल टिम गएराती स्वदेश फर्किएको हो ।
नेपाली टिमलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एन्फाका पदाधिकारीले स्वागत गरेका थिए ।
कुवेतमा नेपालले विश्वकप छनौटअन्तर्गत छनोटका बाँकी तीन खेल खेलेको थियो । भने त्यसअघि इराकसँग मैत्रीपूर्ण खेल खेलेको थियो ।
छनौट खेलमा नेपालले चाइनिज ताइपेईलाई २-० गोल अन्तरले पराजित गर्यो भने अस्ट्रेलिया र जोर्डनसँग दुवै खेलमा ३-० गोल अन्तरले पराजित भएको थियो ।
नेपाल छनौट खेलमा समूह ‘बी’ अन्तर्गत ८ खेलबाट ६ अंक जोडेर चौथो स्थानमा रहयो भने विश्वकप र एशियन कपमा छनौट हुन् असफल भएको छ ।
प्रतिकृया दिनुहोस्