कस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान ?

३१ जेठ, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशभरी मनसुनी वायुको प्रभाव रहेको जानकारी दिएको छ ।

महाशाखाले हाल मौसमको अवस्था देशभर सामान्य देखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदुरपश्चिम प्रदेशका केही र बाकी प्रदेशका एक-दुई स्थानहरुमा वर्षा भईरहेको जनाएको छ । 

त्यस्तै महाशाखाले आगामी २४ घण्टा देशका धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा तथा प्रदेश नं १, प्रदेश नं २, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका एक-दुई स्थानहरुमा भारी बर्षाको समेत सम्भावना देखिएकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध गरेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ जेठ ३१  गते (सोमवार)

दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै  स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, प्रदेश नं २, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका एक-दुई स्थानहरुमा भारी बर्षाको समेत सम्भावना छ ।
राती: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका एक-दुई स्थानहरुमा भारी बर्षाको समेत सम्भावना छ ।

२०७८ असार १  गते (मंगलवार)

दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै  स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश तथा कर्णाली प्रदेशका थोरै स्थानहरुमा भारी बर्षाको समेत सम्भावना छ ।
राती: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश तथा कर्णाली प्रदेशका थोरै स्थानहरुमा भारी बर्षाको समेत सम्भावना छ ।

२०७८ असार २  गते (बुधवार)

दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै  स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी प्रदेश,  कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी बर्षाको सम्भावना छ ।
राती: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी बर्षाको सम्भावना छ ।