भारतमा कोरोनाबाट २४ घण्टामा ३९२१ जनाको मृत्यु, ७० हजार संक्रमित
३१ जेठ, काठमाडौँ । भारतमा लगातार दैनिक संक्रमण हुनेको संख्या घटिरहेको भएपनि मृत्यु हुनेको संख्या भने घटेको छैन ।
भारतीय स्वास्थ्य मन्त्रालयले दिएको अपडेट अनुसार २४ घण्टामा ३ हजार ९२१ जनाको मृत्यु भएको छ । त्यस्तै २४ घण्टामा ७० हजार ४२१ संक्रमित भएका छन् ।
योसँगै भारतमा अहिलेसम्म कुल मृत्यु हुनेको संख्या ३ लाख ७४ हजार ३०५ पुगेको छ । त्यस्तै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या २ करोड ९५ लाख १० हजार ४१० पुगेको छ ।
पछिल्लो २४ घण्टामा ७० हजार संक्रमित भएका छन् भने १ लाख १९ हजार संक्रमण मुक्त भएका छन् ।
त्यस्तै भारतमा अहिलेसम्म २ करोड ८१ लाख ६२ हजार ९४७ जना संक्रमण मुक्त भएका छन् । त्यस्तै अहिले भारतमा ९ लाख ७३ हजार ३०५ कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।
त्यस्तै भारतमा अहिलेसम्म कुल ३७ करोड ९६ लाख २४ हजार ६२६ नमुना परिक्षण गरिएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा १४ लाख ९२ हजार १५२ नमुना परिक्षण गरिएको इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चले जानकारी दिएको छ ।
त्यस्तै भारतमा अहिलेसम्म कुल २५ करोड ४८ लाख ४९ हजार ३०१ जनाले कोरोनाको खोप लगाएका छन् ।
प्रतिकृया दिनुहोस्