नेपालमा कोरोनाबाट २४ घण्टामा ४६ जनाको मृत्यु, २४०७ संक्रमित
३० जेठ, काठमाडौँ । नेपालमा थप २४०७ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल १६९४ र एन्टीजेन परिक्षणबाट ७१३ गरि कुल २४०७ जना संक्रमित थपिएको जानकारी दिएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ९९४ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ८६.९ रहेको मन्त्रालयले जनाएको छ ।
देशभर अहिले ५४८ जना क्वारेन्टाइनमा छन् भने पछिल्लो २४ घण्टामा ७ हजार ५१७ पिसिआर र ४८८९ नमुना एन्टीजेन परिक्षण भएको मन्त्रालयले जानकारी दिएको छ ।
नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ६८ हजार ९५५ पुगेका छन् ।
त्यस्तै अहिले देशभर संस्थागत आइसोलेसनमा ५ हजार २११ जना रहेका छन् भने होम आइसोलेसनमा ६४ हजार ७४४ रहेका छन् ।
त्यस्तै अहिले नेपालमा ११०० जना कोरोना संक्रमित आइसीयुमा उपचारत रहेका मध्ये ३४७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ४६ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८४१२ पुगेको छ ।

प्रतिकृया दिनुहोस्