देशका धेरै स्थानमा वर्षाको सम्भावना, सर्तक रहन आग्रह
३० जेठ, काठमाडौं । हाल देशमा प्रदेश १ देखि लुम्बिनी प्रदेशको पूर्वी भूभाग सम्म मनसुनी वायुको प्रभाव रहनुका साथै बाँकी भूभागमा पश्चिमी वायु र स्थानीय वायुको मिश्रित प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जसको कारण हाल देशभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका एक–दुई स्थानहरुमा वर्षा भइरहेको अवस्था छ ।
महाशाखाले आइतबार दिनभर भने देशभर सामान्य देखि पूर्ण बदली रहने पूर्वानुमान गर्दै धेरै स्थानहरुमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ। प्रदेश २, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक(दुई स्थानहरुमा भारी बर्षाको समेत सम्भावना छ ।
यस्तै साँझ पनि मौसमको अवस्था दिउँसोको जस्तै रहनेछ । महाशाखाले वर्षाका कारण बाढी पहिरो आउन सक्ने भन्दै सचेत रहन आग्रह गरेको छ ।
प्रतिकृया दिनुहोस्