गण्डकीको नयाँ सरकारको पहिलो निर्णय- पूर्व मुख्यमन्त्रीलाई सुबिधा दिने !

३० जेठ,  पोखरा । नवनियुक्त गण्डकी प्रदेश सरकारले पुर्व मुख्यमन्त्रीलाई विशेष सुविधा उपलब्ध गराउने निर्णय गरेको छ ।

अहिले यस विषयमा ऐनमा व्यवस्था नभएकाले मन्त्रीपरिषद बैठकले निर्णय गरेर पुर्व मुख्यमन्त्रीको सुविधा तोक्ने निर्णय गरेको सरकारका प्रवक्ता विना विभागीय मन्त्री कुमार खड्काले जानकारी दिएका छन् ।

त्यस्तै सरकारको नीति तथा कार्यक्रम र असार १ गते बजेट ल्याउनुपर्ने कानुनी बाध्यताका बारेमा प्रतिपक्षी दल एमालेसँग मुख्यमन्त्री पोखरेलले छलफल गर्ने प्रवक्ता खड्काले बताए ।

त्यस्तै बैठकले बिना विभागीय मन्त्री कुमार खड्कालाई सरकारको प्रवक्ता तोकेको छ ।