मनाङेलाई बाल्मिकी बनाउने प्रयास असफल भयो- पृथ्वीसुब्बा गुरुङ

३० जेठ,  पोखरा । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दिपक मनाङेमाथि टिप्पणी गर्दै उनलाई बाल्मिकी बनाउन आफु असफल भएको बताएका छन् ।

आइतबार बिहान पत्रकार सम्मेलन गर्दै गुरुङले मनाङेलाई बाल्मिकी बनाउन ल्याएको तर उनी बाल्मिकी बन्न नसकेको टिप्पणी गरेका छन् ।

पत्रकारले सोधेको प्रश्नको जवाफ दिदै उनले भने, ‘उनलाई बाल्मिकी बन्छन् कि भनेर ल्याएको, उनी बाल्मिकी बन्न सकेनन् । सबै रत्नाकारहरु बाल्मिकी नबन्दा रहेछन् । उनलाई बाल्मिकी बनाउने प्रयास असफल भयो ।’ 

गुरुङले माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिदा आफ्नो सरकार अल्पमतमा परेपछि मनाङेलाई गत बैशाखमा युवा तथा खेलकुद मन्त्री बनाएका थिए ।

तर मनाङेले पछिल्लो समय गुरुङलाई छोडेर विपक्षी गठबन्धनलाई सहयोग गरेपछि गुरुङ नेतृत्वको सरकारको बहिर्गमन भएको थियो ।