राजसंस्था र हिन्दुराष्ट्र स्थापना हुन समय लाग्दैन : कमल थापा
३० जेठ, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले पार्टीलाई यदाकदा देखिने भाइरसबाट जोगाउन सके राजसंस्थासहितको प्रजातन्त्र र हिन्दुराष्ट्र स्थापना हुन समय नलाग्ने बताएका छन् ।
हाल पार्टी भित्र चर्किरहेको विवाद तर्फ संकेत गर्दै अध्यक्ष थापाले सामाजिक सामाजिक संजालमा टिप्पणी गर्दै यस्तो बताएका हुन् । अध्यक्ष थापाले केहि दिनअघि आफ्ना सहकर्मी अध्यक्षलाई अल्छी घोडाको संज्ञा दिएका थिए ।
उनले गणतन्त्र, संघियता र धर्मनिरपेक्षता आफ्नै अन्तर्विरोध र असफलताबाट धराशयी हुनु अवश्यम्भावी रहेको समेत बताएका छन् ।
उनले भनेका छन्-
यदाकदा देखिने ‘भाईरस’प्रवृत्तिबाट पार्टी जोगाउन सक्यौ भने राजसंस्थासहितको प्रजातन्त्र र हिन्दुराष्ट्र स्थापना हुन तथा राप्रपालाई अग्रणी शक्ति बनाउन समय लाग्दैन । गणतन्त्र,संघियता र धर्मनिरपेक्षता आफ्नै अन्तर्विरोध र असफलताबाट धराशयी हुनु अवश्यम्भावी छ ।
विगतका घटनाक्रम यसको प्रमाण हो ।

प्रतिकृया दिनुहोस्