December 6, 2024, Friday
२०८१ मंसिर २१, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
KK Online tv

चीनमा ग्यास बिस्फोटनबाट १२ जनाको मृत्यु

SHIYAN, June 13, 2021 Rescuers work at a gas pipe explosion site in Yanhu Community of Zhangwan District in Shiyan City, central China’s Hubei Province, June 13, 2021.. A gas pipe explosion occurred in a residential community in Zhangwan District of Shiyan City, central China’s Hubei Province, at around 6:30 a.m. on Sunday, according to local authorities.. The number of casualties is still being verified as the search and rescue is under way. (Credit Image: ? Xinhua via ZUMA Press)

३० जेठ,  वुहान । चीनको हुबे प्रान्तको शियान नगरमा ग्यास बिस्फोटनमा परेर कम्तिमा १२ जनाको मृत्यु हुनुका साथै एक सयभन्दा बढी व्यक्ति घाइते भएका छन् ।

स्थानीय अधिकारीहरुका अनुसार घाइतेमध्ये ३९ जनाको अवस्था निकै जटिल रहेको छ । 

खोज तथा उद्धार अधिकारीहरुले दिउँसो १२ बजेसम्ममा बिस्फोट स्थलमा भेटिएका १५० जनाको उद्धार गरी स्थानीय अस्पतालहरुमा भर्ना गरिएको बताएका छन् । 

शियान नगरको झाङवानको आवासीय क्षेत्रमा बिहान ६.३० बजे उक्त बिस्फोट भएको थियो । बिस्फोट हुँदा स्थानीयबासीबीच भागदौड मच्चिएको थियो । 

खोज तथा उद्धार कार्य जारी रहेकाले उक्त घटनामा के कति व्यक्ति हताहत भए भन्ने एकिन भइ नसकेको पनि अधिकारीहरुले बताएका छन् ।