बेजोससँग अन्तरिक्ष यात्रामा जान २८ मिलियन डलर तिर्न तयार

३० जेठ,  काठमाडौँ । विश्वकै धनि मध्येका एक जेफ बेजोससँग स्पेसको उडानमा जान एक अज्ञात व्यक्तिले २८ मिलियन अमेरिकी डलर रकम तिर्न तयार भएका छन् ।

जुलाई २० मा स्पेस यात्रामा जाने तयारी गरिरहेका बेजोसले आफूसँग लैजाने एक यात्रीका लागि अनलाइन अक्सन गराएका थिए । बडाबढमा गरिएको अक्सनमा एक अज्ञात व्यक्तिले २८ मिलियन तिर्न तयार भएको बेजोसको स्पेस कम्पनि ब्लू ओरिजिनले जानकारी दिएको छ ।

ब्लू ओरिजिनले ति यात्रीको नाम केहि सातामा बाहिर ल्याइने जानकारी दिएको छ । 

बेजोस आफ्नै कम्पनी ब्लू ओरिजिनले बनाएको रकेटमा स्पेस यात्रामा आफ्ना भाई मार्क बेजोससँग जादै छन् ।

यो सबै योजना अनुसार भएमा बेजोस स्पेस यात्रामा जाने अहिलेसम्मका सबै भन्दा धनि व्यक्ति हुने छन् ।

बेजोसले यात्रा गर्ने ब्लू ओरिजिनको रकेटमा ६ सिटको क्याप्सुल र ५९ फिटको रकेट स्पेस यात्रामा जाने बताइएको छ । यो करिब १० मिनेटको यात्रा हुने बताइएको छ भने पृथ्वीको सतहभन्दा सय किलोमिटर माथिसम्म पुग्ने र प्यारासुटको मद्दतमा पृथ्वीमा फर्किने बताइएको छ ।

ब्लू ओरिजिनको पछिल्लो ६ बर्षको परिक्षणबाट तयार गरिएको न्यू शेफर्ड क्याप्सुललाई पहिलो यात्रुबाहक स्पेस क्याप्सुल भनिएको छ ।

ब्लू ओरिजिनले यो यात्रा नियमित रुपमा गर्ने बताउदै हरेक महिनाको  लिलाम बढाबढबाट एक सिट दिने घोषणा गरेको छ । 

५७ बर्षिय बेजोसले भनेका छन्- ;मैले ५ बर्षको हुदादेखि नै स्पेस यात्राको सपना देखेको थिए । आगामी जुलाई २० मा मैले यो यात्रा मेरो भाईसँग गर्दै छु । मेरो बेस्ट फ्रेन्डसँग यो साहसिक यात्रा हुने छ ।’

बेजोसले ब्लू ओरिजिन सन २००० मा स्थापना गरेका हुन् ।

बेजोस मात्र होइन अर्का बिलिनियर्स एलन मस्कले पनि आफ्नै स्पेस कम्पनि स्पेस एक्सको रकेटमा स्पेस यात्रामा जाने घोषणा गरेका छन् ।

त्यस्तै अर्का ब्रिटिश बिलिनियर्स रिचार्ड ब्रान्सनले पनि आफ्नो कम्पनि भर्जिन गलासटिको रकेटबाट स्पेस यात्रामा जाने योजना बनाएका छन् ।