प्युठानमा दुर्घटनामा परि कार चालकको मृत्यु


२९ जेठ, प्युठान ।  प्युठानमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।  कोष तथा लेखा नियन्त्रण कार्यालय प्यूठानको ध १ झ ५ नम्वरको कार मल्लरानी जाँदै गर्दा मल्लरानी गाउँपालिका ४ स्थित मल्लरानी नजिकै शनिवार विहान दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ।

दुर्घटनामा तुल्सीपुर उपमहानगरपालिका–४ दाङ निवासी २५ बर्षिय सवारी चालक प्रकाश आचार्यको घटना स्थलमै मृत्यु  भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रबक्ता, प्रहरी निरीक्षक देबिप्रसाद गैरेले जानकारी दिनुभयो।
उहाँले भन्नुभयो –‘कारमा चालक मात्र रहेको र कच्ची सडकमा चिप्लेर अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने  अनुमान छ ।