तरुण नेता एवं समाजसेवी लामाद्वारा निरन्तर स्वास्थ्य तथा खाद्यान्न सामाग्री वितरण
२९ जेठ, काठमाडौं । नेपाली कांग्रेस तरुण विभागका केन्द्रीय सदस्य, न्यानोपन संस्थाका महासचिव एवम् समाजसेवी तथा युवा व्यवसायी पासाङ्ग नर्वु लामा ज्यू र नेपाल एअरलाईन्सका वरिष्ठ क्याप्टेन एवम् न्यानोपन संस्थाका अध्यक्ष, सामाजिक अभियान्ता समाजसेवी बिजय लामा ज्यू को सयुक्त सहयोग र समन्वयमा निरन्तर रुपमा कोभिड–१९ नामक भाईरसको महामारीका कारण घरबार बिहीन, बिचलित भएका किसान मजदुर तथा गरिब–निमुखा जनताहरुलाई रोगले भन्दा पनि भोकले कोही पनि नागरिक मर्न बिवश हुन नपरोस भन्ने मुख्य अभिप्रायले निरन्तर रुपमा सहयोग गर्दैै आउनुभएको छ ।
राहत तथा खाद्यान्न लगायतका स्वास्थ्य सामाग्रीहरु अपाङगता, असाहय, अशक्त बृदाअवस्था तथा सुत्केरी महिलाहरुलाई घर–घरमा गएर अत्यन्तै आवश्यक रहेको खाद्यान्न तथा स्वास्थ्य सामाग्री वितरण गरिएको कुरा जानकारी गराउनुभएको छ ।
केन्द्रीय सदस्य लामाले न्यानोपन संस्थाको माध्यमबाट विभिन्न अभियान चलाएर सहयोग गर्दै आईरहेका छौं र सुरुवाती चरणमा गोरखा जिल्लाको शहिद लखन गा.पा. ५ मा रहेको अति विपन्न बर्ग तथा सुत्केरी महिलाहरुलाई वितरण गरिएको र सोही गाउँपालिकामा रहेको स्वास्थ्य चौकीमा समेत PPE set र Concentrator वितरण गरिएको कुरा बताउनु भयो ।
त्यसै गरी काभ्रेका पनौती, बनेपा, भक्तपुर गरि ४५ दृष्टिबिहीन अपाङगता परिवारहरुलाई स्वास्थ्य तथा खाद्यान्न सामाग्रीका साथै काठमाण्डौंका विभिन्न क्षेत्रहरु जोरपाटी, नारान्टार, टोखा र भक्तपुर, धुलिखेल गरी जम्मा १०८ र हिजो मात्र सिन्धुपाल्चोक जिल्लामा करिव ५०० विपन्न घर परिवारहरुलाई केही राहत मिल्ने मनसायले खाद्यान्न सामाग्रीहरु वितरण गर्नुभएको छ ।
अझ केही दिन निरन्तर रुपमा वितरण कार्यक्रम रहेको जानकारी समेत गराउनुभएको छ ।
प्रतिकृया दिनुहोस्