नेपालमा कोरोनाबाट २४ घण्टामा ६७ जनाको मृत्यु, ३७५० संक्रमित
२८ जेठ, काठमाडौँ । नेपालमा थप ३७५० जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल २७०९ र एन्टीजेन परिक्षणबाट १०४१ गरि कुल ३७५० जना संक्रमित थपिएको जानकारी दिएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा ५ हजार २२५ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ८६.२ रहेको मन्त्रालयले जनाएको छ ।
देशभर अहिले ५९४ जना क्वारेन्टाइनमा छन् भने पछिल्लो २४ घण्टामा ९ हजार ५९८ पिसिआर र ५५८४ नमुना एन्टीजेन परिक्षण भएको मन्त्रालयले जानकारी दिएको छ ।
नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ७५ हजार २७५ पुगेका छन् ।
त्यस्तै अहिले देशभर संस्थागत आइसोलेसनमा ५ हजार ५८९ जना रहेका छन् भने होम आइसोलेसनमा ६९ हजार ६८६ रहेका छन् ।
त्यस्तै अहिले नेपालमा ११८९ जना कोरोना संक्रमित आइसीयुमा उपचारत रहेका मध्ये ३६६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ६७ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८३०५ पुगेको छ ।
प्रतिकृया दिनुहोस्