राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा फेरि बर्खास्त

२८ जेठ, काठमाडौं । संसदीय दलको ह्वीप विपरीत प्रदेश सभामा तटस्थ बसेको भन्दै राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश सांसद कृष्ण थापालाई फेरि कारबाही गरिएको छ । 

राष्ट्रिय जनमोर्चाले कारवाही गरेर सांसद पदबाट हटाएको पत्र शुक्रवार संसद सचिवालयमा दर्ता भएको छ । शुक्रवार बसेको प्रदेश सभाको बैठकमा सभामुख नेत्रनाथ अधिकारीले कारबाही सम्बन्धी पत्र पढेर सुनाएका छन् ।

यसअघि पनि कारवाहीमा परेका थापा सर्वोच्च अदालतको अन्तरिम आदेशपछि थमौती भएका थिए ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीवार संसदमा विश्वासको मत लिँदा विपक्षीमा मतदान गर्न संसदीय दलले ह्वीप जारी गरे पनि उनी मतदान नगरी तटस्थ बसेकाले कारवाही गरिएको संसदीय दलका नेता पियारी थापाले बताइन् ।