पोखरीमा डुबेर एकै गाउँका ५ बालिकाको मृत्यु
२८ जेठ, काठमाडौं । धनुषाको मुखियापट्टी मुसहर्निया गाउँपालिकाको लक्ष्मीपुरमा पोखरीमा डुबेर ५ जना बालिकाको भएको छ।
स्थानीय हुलास यादवको खेतमा नयाँ खनिएको ६ फिट गहिरो पोखरीमा डुबेर आज मध्याह्न साढे १२ बजे मृत्यु भएको हो।
मृत्यु हुनेमा पल्टू यादवकी १२ वर्षीया छोरी लक्ष्मीनिया यादव, जोगेन्द्र भगतको छोरी १० वर्षीया चंद्रा कुमारी भगत, राजगिर पूर्वेकी १३ वर्षीय छोरी मंजु पूर्वे, जगरनाथ ठाकुरको नातिनी १२ वर्षीया चाँदनी ठाकुर, उत्तिम साह तेलीको १२ वर्षीया छोरी ललिता साहको मृत्यु भएको छ।
प्रतिकृया दिनुहोस्