भेट्रान अभिनेता दीलिपकुमार अस्पतालबाट डिस्चार्ज

२८ जेठ,  काठमाडौँ । अस्वस्थ भएर अस्पताल भर्ना भएका बलिवुड अभिनेता दीलिपकुमार डिस्चार्ज भएका छन् ।

भेट्रान अभिनेता दीलिप कुमारलाई मुम्बईस्थित हिन्दुजा अस्पतालमा भर्ना गरिएकोमा स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज गरिएको भारतीय समाचार एजेन्सी एएनआइले जनाएको छ ।

अभिनेता दीलिप कुमारलाई केहिदिन देखि श्वासप्रश्वासमा समस्या भएपछि जुन ६ मा अस्पताल भर्ना गरिएको थियो ।

दीलिप कुमारको ट्वीटर ह्यान्डलबाट उनलाई घर लागिएको जानकारी दिइएको छ ।

९८ बर्षिय अभिनेता दीलिप कुमारलाई अघिल्लो महिना पनि अस्पताल भर्ना गरिएको थियो ।