म्यान्मारकी अपदस्त नेतृ सूकीलाई अर्को भष्ट्राचारको मुद्धा दायर, १५ बर्ष जेल हुनसक्ने

२८ जेठ,  काठमाडौँ । म्यान्मारको सैनिक सरकारले अपदस्त नेतृ आङ साङ सुकीलाई गम्भीर आरोपलगाउदै अर्को मुद्धा दर्ता गरेको छ ।

सुकीले घुसको रुपमा नगद र सुन लिएको आरोप लगाउदै मुद्धा दायर गरेको स्थानीय मिडियाहरुले उल्लेख गरेका छन् ।

यस मुद्धामा दोषी पाइएमा सुकीलाई १५ बर्षसम्म जेल हुनसक्ने कानुनी व्यवस्था रहेको छ ।

गत फेब्रुअरी १ मा सैनिक कू पछि हिरासतमा रहेकी नेतृ सुकीको विरुद्धमा ६ मुद्धा लगाइएको थियो । उनीविरुद्ध अनियमितता गरेको र अवैध रुपमा वाकी टकि आयात गरेर देशमा अशान्ति फैलाएको जस्ता आरोप लगाइएको छ ।

उनलाई उनकै घरमा नजरबन्दमा राखिएको बताइएको छ । म्यान्मारको सैन्य काउन्सलरले विहिबार जारी गरेको विज्ञप्तिमा सुकीले ६ लाख डलर घुस लिएको र साट सुनको टुक्रा घुसको रुपमा लिएको उल्लेख गरिएको छ ।

साथै सुकीको पार्टी नेशनल लिग फर डेमोक्रेसीले सरकारमा रहदा जमिनको कारोबारमा धेरै घुस लिएको उल्लेख छ ।