मनाङेद्वारा मन्त्रीबाट राजीनामा, विपक्षी गठबन्धनलाई सहयोग गर्ने घोषणा
२८ जेठ, पोखरा । गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले राजीनामा दिएका छन् । मनाङेले बिहिबार राती नै विपक्षी गठबन्धनलाई सहयोग गर्ने भन्दै मन्त्री पदबाट राजीनामा दिएका हुन् ।
मनाङेले राजीनामामा जनता प्रति उत्तरदायी जनप्रतिनिधि संस्थालाई जीवित राख्न आफु विपक्षी गठबन्धनमा सामेल भइ वैकल्पिक सरकार निर्माण गर्ने भन्दै राजीनामा दिएको उल्लेख गरेका छन् ।
मन्त्री मनाङेको राजीनामा पछि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उनलाई बर्खास्त गरेको पत्र प्रदेश प्रमुखलाई पठाएका छन् ।
मनाङे गत बैशाख १६ गते पहिलो पटक मन्त्री बनेका थिए ।
मनाङेले विपक्षी गठबन्धनलाई सहयोग गर्ने भएपछि अब गण्डकीमा विपक्षी गठबन्धनको सरकार बन्ने देखिएको छ । गण्डकी प्रदेशमा अहिले विपक्षी गठबन्धनसँग बहुमतका लागि आवश्यक एक मत कमि रहेको छ ।
![](https://www.kharibot.com/uploads/news/images/Upper/NIFRA/NRN/JIL/Lockdown/covid/SHEL/UUPPER/KK/KP/KPO/OXI/Gaza/Khari_1/Khari2/Khari3/Khari4/Khari5/Khari6/Khari7/Khari8/Khari9/Dipak_2.jpg)
![](https://khasakhabar.com/wp-content/plugins/ajax-load-more/core/img/placeholder.png)
प्रतिकृया दिनुहोस्