नेपालमा कोरोनाबाट २४ घण्टामा ५९ जनाको मृत्यु, ३७४९ संक्रमित
२७ जेठ, काठमाडौँ । नेपालमा थप ३७४९ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल २८७४ र एन्टीजेन परिक्षणबाट ८७५ गरि कुल ३७४९ जना संक्रमित थपिएको जानकारी दिएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा ५ हजार २९३ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ८५.७ रहेको मन्त्रालयले जनाएको छ ।
देशभर अहिले ६१६ जना क्वारेन्टाइनमा छन् भने पछिल्लो २४ घण्टामा ९ हजार ९०१ पिसिआर र ५३३७ नमुना एन्टीजेन परिक्षण भएको मन्त्रालयले जानकारी दिएको छ ।
नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ७७ हजार ८५८ पुगेका छन् ।
त्यस्तै अहिले देशभर संस्थागत आइसोलेसनमा ५ हजार ६८० जना रहेका छन् भने होम आइसोलेसनमा ७२ हजार १७८ रहेका छन् ।
त्यस्तै अहिले नेपालमा १२६१ जना कोरोना संक्रमित आइसीयुमा उपचारत रहेका मध्ये ३८२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ५९ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८२३८ पुगेको छ ।
प्रतिकृया दिनुहोस्