गृहमा खगराज अधिकारी, सञ्चारमा नैनकला थापा मन्त्री बन्दै
२७ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बाँकी ७ मन्त्रालयमा बिहीवार मन्त्री थप गर्दैछन् ।
एमाले उच्च स्रोतका अनुसार गृहमन्त्रीमा खगराज अधिकारी नियुक्त हुँदैछन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा नैनकला थापा नियुक्त हुदैछिन् ।
वन तथा वातावरण मन्त्रालयमा नारदमुनी राना, संघीय मामिला तथा सामान्य प्रशासनमा गणेश पहाडी र प्रधानमन्त्री कार्यालय हेर्ने मन्त्रीमा मोहन बानियाँ नियुक्त हुँदैछन् ।
उनीहरुको शपथ ४ बजेका लागि तय भएको बालुवाटार स्रोतले बतायो ।
प्रतिकृया दिनुहोस्