को को बन्दैछन् नयाँ मन्त्री ?

२७ जेठ,  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् ।

बिहीबार अपराहन्न ४ बजे नवनियुक्त मन्त्रीहरूको शपथ गराउने तयारी गरिएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।

सरकारमा सात मन्त्री र एक राज्यमन्त्री थपिँदैछन् ।

बालुवाटार स्रोतका अनुसार गृहमन्त्रीमा खगराज अधिकारीलाई नियुक्त गर्ने तयारी भएको छ ।

त्यस्तै सञ्चारमन्त्रीमा पूर्व गृहमन्त्री रामबहादुर थापाकी पत्नी नैनकला थापालाई नियुक्त गर्ने तयारी भएको छ ।

त्यस्तै वनमन्त्रीमा नारदमुनि राना, कृषिमन्त्रीमा ज्वालाकुमारी शाह,  उद्योगमा राजकिशोर यादव, सामान्य प्रशासनमा गणेश पहाडी रहेका छन् भने प्रधानमन्त्री कार्यालय रहने गरी मोहन बाँनिया र वन राज्यमन्त्रीमा आशा विकलाई नियुक्त गर्ने तयारी प्रधानमन्त्री ओलीले गरेका छन् ।

गत शुक्रबार प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टी (जसपा) का महन्थ ठाकुर-राजेन्द्र महतो पक्षबाट ८ मन्त्री र २ राज्यमन्त्री थपेका थिए ।