भारतमा कोरोनाबाट थप ६ हजार १४८ जनाको मृत्यु
२७ जेठ, काठमाडौँ । भारतमा लगातार दैनिक संक्रमण हुनेको संख्या घटिरहेको देखिएको छ ।
भारतीय स्वास्थ्य मन्त्रालयले दिएको अपडेट अनुसार २४ घण्टामा ६ हजार १४८ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा २१९७ जनाको मृत्यु भएपनि विहार राज्य सरकारले कोरोनाबाट मृत्यु हुनेको संख्या समायोजन गर्दै ३९५१ जना थपिएपछि आजको मृत्यु हुने संख्या बढी देखिएको भारतीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
त्यस्तै २४ घण्टामा ९४ हजार ५२ संक्रमित भएका छन् ।
योसँगै भारतमा अहिलेसम्म कुल मृत्यु हुनेको संख्या ३ लाख ५९ हजार ६७६ पुगेको छ । त्यस्तै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या २ करोड ९१ लाख ८३ हजार १२१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ९४ हजार संक्रमित भएका छन् भने १ लाख ५१ हजार संक्रमण मुक्त भएका छन् ।
त्यस्तै भारतमा अहिलेसम्म २ करोड ७६ लाख ५५ हजार ४९३ जना संक्रमण मुक्त भएका छन् । त्यस्तै अहिले भारतमा ११ लाख ६७ हजार ९५२ कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।
त्यस्तै भारतमा अहिलेसम्म कुल ३७ करोड २१ लाख ९८ हजार २५३ नमुना परिक्षण गरिएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा २० लाख ४ हजार ६९० नमुना परिक्षण गरिएको इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चले जानकारी दिएको छ ।
त्यस्तै भारतमा अहिलेसम्म कुल २३ करोड ९० लाख ५८ हजार ३६० जनाले कोरोनाको खोप लगाएका छन् ।
प्रतिकृया दिनुहोस्