काम नहुदा समयमा कर तिर्न सकिन- कंगना रनावत
२६ जेठ, काठमाडौँ । बलिवुड अभिनेत्री कंगना रनावतले काम नहुदा समयमा कर तिर्न नसकेको बताएकी छन् ।
सामाजिक संजालमार्फत अभिनेत्री कंगनाले उनले गतबर्षको तिर्नुपर्ने आधा कर तिर्न बाँकी रहेको बताएकी छन् ।
कंगनाले भनेकी छन्- म सबैभन्दा बढी कर तिर्ने अभिनेत्री मध्ये एक हुँ । मैले आफ्नो आयको करिब ४५ प्रतिशत कर तिर्छु । ट्र मैले गतबर्षको आधा कर तिर्न सकेकी छैन । मेरो जीवनमा पहिलो पटक यस्तो भयो, जब म कर तिर्न ढिला भए ।’
कंगनाले तिर्न बाँकी रकममा ब्याज लागि रहको भएपनि समस्या नरहेको भन्दै उनले भनेकी छन्- यो समय सबैको लागि आआफ्नो स्तरमा मुश्किल समय हो तर यसलाई एकजुट भएर पराजित गर्नुपर्छ ।’
कोरोना महामारीका कारण बलिवुडका फिल्म रिलिज प्रभावित भएपछि धेरै जसो कलाकारको अवस्था नराम्रो रहेको छ ।
कंगनाको नयाँ फिल्म थलाइवी निर्माण पुरा भएर रिलिजको तयारीमा रहेपनि कोरोनाका कारण रिलिज हुन सकेको छैन । जयललिताको जीवनीमा बनेको यो फिल्म कैयौं भाषामा बनेर तयार रहेको छ ।
प्रतिकृया दिनुहोस्