नेपालमा कोरोनाबाट २४ घण्टामा ८१ जनाको मृत्यु, ४३४४ संक्रमित
२६ जेठ, काठमाडौँ । नेपालमा थप ४३४४ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल ३४४९ र एन्टीजेन परिक्षणबाट ८९५ गरि कुल ४३४४ जना संक्रमित थपिएको जानकारी दिएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा ६ हजार ५७० जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ८५.२ रहेको मन्त्रालयले जनाएको छ ।
देशभर अहिले ६३४ जना क्वारेन्टाइनमा छन् भने पछिल्लो २४ घण्टामा १२ हजार ७४ पिसिआर र ४५६८ नमुना एन्टीजेन परिक्षण भएको मन्त्रालयले जानकारी दिएको छ ।
नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ८० हजार ३३६ पुगेका छन् ।
त्यस्तै अहिले देशभर संस्थागत आइसोलेसनमा ५ हजार ८९८ जना रहेका छन् भने होम आइसोलेसनमा ७४ हजार ४३८ रहेका छन् ।
त्यस्तै अहिले नेपालमा १३१२ जना कोरोना संक्रमित आइसीयुमा उपचारत रहेका मध्ये ३७५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ८१ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८१७९ पुगेको छ ।
प्रतिकृया दिनुहोस्