योगेश भट्टराईको शिर्ष नेतालाई आरोप- आफ्नासँग नमिल्ने, विरोधीसँग गठबन्धन बनाउने !

२६ जेठ,  काठमाडौँ । नेकपा एमालेका नेता योगेश भट्टराईले पार्टी विवादका बारेमा आफ्ना शिर्ष नेताहरु गम्भीर नभएको आरोप लगाएका छन् ।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै नेता भट्टराईले पार्टी एकतामा जोड दिदै शिर्ष नेताहरु एकअर्कासँग सहकार्य गर्न तयार नभएको औल्याएका छन् ।

उनले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली झलनाथ खनाल र माधवकुमार नेपाललाई छोडेर महन्थ ठाकुर र राजेन्द्र महतोसँग सत्ता साझेदार गर्न तयार हुने त्यस्तै नेता खनाल र नेपाल ओलीसँग मिलन नयार नहुने ट्र प्रचण्ड र देउवासँग सहकार्य गर्न तयार हुने भन्दै प्रश्न उठाएका छन् ।

उनले भनेका छन्- 

एमालेको एकताको मुल जड ? कमरेड केपी ओली आफ्नै पार्टीका बरिष्ठ नेता कमरेड जेएन खनाल र कमरेड माधव नेपालसँग सहकार्य गर्न तयार नहुने तर महन्त ठाकुर र राजेन्द्र महतोसँग सत्ता साझेदारी र अन्य बिषयमा गठबन्धन गर्न तयार हुने ।  

कमरेड जेएन खनाल र माधव नेपाल आफ्नै पार्टीका अध्यक्ष कमरेड केपी ओलीसँग मिल्न तयार नहुने तर शेर बहादुर देउवा, प्रचण्ड र उपेन्द्रसँग सत्ता साझेदारी र अन्य बिषयमा गठबन्धन गर्न तयार हुने ।  

कसले, किन  र के कालागि गर्दैछ यो सब ?  एमाले एकताको समस्याको मुल जड यहिं छ । यस बिषयमा कमरेडहरु बिचमा गम्भिर छलफल हुनु र साझा निष्कर्षका साथ साझा अभियानमार्फत एमालेको एकता बचाउन जरुरी छ ।