भारतमा २४ घण्टामा २२१९ जनाको मृत्यु, ९२ हजार संक्रमित

२६ जेठ,  काठमाडौँ । भारतमा लगातार दैनिक संक्रमण हुनेको संख्या घटिरहेको देखिएको छ ।

भारतीय स्वास्थ्य मन्त्रालयले दिएको अपडेट अनुसार २४ घण्टामा २ हजार २१९ जनाको मृत्यु भएको छ । त्यस्तै २४ घण्टामा ९२ हजार ५९६ संक्रमित भएका छन् । 

योसँगै भारतमा अहिलेसम्म कुल मृत्यु हुनेको संख्या ३ लाख ५३ हजार ५२८ पुगेको छ । त्यस्तै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या २ करोड ९० लाख ८९ हजार ६९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ९२ हजार संक्रमित भएका छन् भने १ लाख ६२ हजार संक्रमण मुक्त भएका छन् । 

त्यस्तै भारतमा अहिलेसम्म २ करोड ७५ लाख ४ हजार १६२ जना संक्रमण मुक्त भएका छन् । त्यस्तै अहिले भारतमा १२ लाख ३१ हजार ४१५ कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै भारतमा अहिलेसम्म कुल ३७ करोड १ लाख ९३ हजार ५६३ नमुना परिक्षण गरिएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा १९ लाख ८५ हजार ९६७ नमुना परिक्षण गरिएको इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चले जानकारी दिएको छ ।

त्यस्तै भारतमा अहिलेसम्म कुल २३ करोड ९० लाख ५८ हजार ३६० जनाले कोरोनाको खोप लगाएका छन् ।