राष्ट्रिय सभामा विजयी सांसद पाण्डेद्वारा शपथ ग्रहण

२६ जेठ,  काठमाडौँ । लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभामा विजयी सांसद दृगनारायण पाण्डेले शपथ ग्रहण गरेका छन् ।

नेपाली काँग्रेसबाट विजयी भएका पाण्डेलाई राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले शपथ गराएका हुन् ।

पाण्डेले यहि जेठ १७ गते सम्पन्न निर्वाचनमा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गरेका हुन् ।