प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा केन्द्रित सुनुवाइ शुरु, इजलास गठनको विवाद गर्न रोक

२६ जेठ,  काठमाडौँ  । सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ शुरु भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आजको संबैधानिक इजलासमा यस अघिका न्यायाधिशलाई नै निरन्तरता दिएका छन् ।

आजको इजलासमा प्रधानन्यायाधीश राणासहित वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराई रहेका छन् ।

न्यायाधीश ईश्वर खतिवडाले आजको सुनुवाइ शुरु गर्न निर्देशन दिदै अब देखि इजलास गठनको बारेमा केहि कुरा नसुन्ने स्पष्ट गरेका छन् । उनले न्यायालयमाथिको प्रहार धेरै नसहने भन्दै अब जे भन्नुपर्छ फैसलामा नै भन्ने बताए ।

उनले इजलास प्रधानन्यायाधीश बाहेक नबन्ने र बाँकी चार न्यायाधिश परिस्थितिबस आएकोले अब परिवर्तन नहुने उनले स्पष्ट गरेका छन् ।

अब बहस शुरु भएसँगै रिट निवेदक पक्षको बहस शुरु भएको छ । र बहसका लागि हरेकलाई आधा घण्टाको समय तोकिएको छ ।